काठमाडौँ । उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अन्त्येष्टिमा सहभागी भई श्रद्धाञ्जली अर्पण गर्न पूर्वमन्त्री ऊर्जा कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र (बालेन) शाहसहित कलाकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरू पशुपति पुग्नुभएकाे थियाे ।
अन्त्येष्टिअघि सिटौलाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि केही समय चलचित्र विकास बोर्डमा राखिएको थियो, जहाँ सञ्चारकर्मी, कलाकार र शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका अनुसार पत्रकार सिटौलाको निधन ब्रेन ह्यामरेज (एन्यूरिज्म रप्चर) का कारण भएको हो।
नेपाल पत्रकारिता क्षेत्रमा सक्रिय र परिचित व्यक्तित्वका रूपमा चिनिएका सिटौलाको निधनले सञ्चार जगत शोकाकुल बनेको छ।










बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच