काठमाडाैं । पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै यो ठाउँ पर्यटकीय स्थल बनेको छ । पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो नयाँ गन्तव्यको रुपमा लोकप्रिय भइरहेको छ ।
पुम्दिकोटमा भगवान शिवको ५१ फिट अग्लो मूर्ति बनाइएको छ। धार्मिक पर्यटन धाम बनाउने उद्देश्यले यहाँ मूर्ति सहितका संरचना बनाइएको हो। करिब २२ रोपनी जमिनमा विशाल शिव मूर्तिसहित १०८ वटा शिवलिंग, डमरु, कलश लगायतका संरचना बनाइएको छ।
पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट हिमशृङ्खलासँगै सराङकोट, फेवाताल र पोखरा क्षेत्रको मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।
पुम्दीकोटमा दिनहुँ सयौँ पर्यटक पुग्न थालेका छन् ।
तस्बिरहरु: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी














बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच