काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला रु तीन लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर रु दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घकाअनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला रु पाँच हजार ५०० मा कारोबार भएको चाँदी आज रु पाँच हजार दुई सयमा कारोबार भइरहेको छ ।
यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घकाअनुसार उक्त दिन सुनको मोल प्रतितोला रु तीन लाख ३९ हजार ३०० पुगेको थियो । सुनको मूल्य तोलामा तीन दिनमा रु ५२ हजार ७०० ले घटेको हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर