काठमाडौं । भोजपुरी सिनेमा र म्युजिक भिडियो क्षेत्रका मोडल एवं कलाकार सदाम हुसैन नेपाली सिने क्षेत्रमा सक्रिय हुनुहुन्छ । बारा जिल्ला, कलैयाका ३१ वर्षिय हुसैनले सानै उमेरदेखि चलचित्रको नायक बन्ने सपना लिएर यो क्षेत्रमा अघि बढनुभएको हो । उहाँको कला यात्रा मुम्बईबाट २०१३ मा सुरु भएको थियो । प्रारम्भमा असिस्टेन्ट निर्देशकको रूपमा विभिन्न भोजपुरी र नेपाली चलचित्रमा काम गरेपछि, २०२० मा उहाँ मुख्य कलाकारको रूपमा अभिनय क्षेत्रमा प्रवेश गर्नुभयो । सदाम हुसैनले ‘कमाण्डो आ‘न मिशन, गैंग्स और गवार, चुलबुल की बुलबुल, मिशन चाइना’ जस्ता चलचित्रमा आफ्नो अभिनय क्षमता प्रस्तुत गर्नुभएको छ ।
अभिनयको क्षेत्रमा मात्र होइन, नृत्यमा पनि आफूलाई दक्ष ठान्ने हुसैनले दर्जनौं भोजपुरी म्युजिक भिडियोमा मोडलिङ गरेर दर्शकसामु आफ्नो प्रतिभा देखाइसक्नुभएको छ । उहाँ अभिनयलाई केवल संवाद बोल्ने कला नभई भावनाको समझदारी र पात्रको जीवंतता प्रस्तुत गर्ने माध्यमका रूपमा लिनुहुन्छ ।
सदाम रोमान्टिक, भावुक र सामाजिक ड्रामाटिक भूमिकामा काम गर्न रुचाउनुहुन्छ । यद्यपि उहाँ मान्नुहुन्छ कि कलाकार भएको नाताले सबै प्रकारको भूमिका निर्वाह गर्नु आवश्यक छ । प्रायः रोमान्टिक भूमिकामा देखिए पनि, सेन्टिमेन्टल भूमिकामा पनि उहाँको अभिनय उच्चस्तरको रहेको सम्बन्धित बताउँछन् । समयको परिवर्तनसँगै सदाम डिजिटल प्लेटफर्ममा बढी सक्रिय हुनुहुन्छ । सोशल मिडिया, शर्ट फिल्म, म्युजिक भिडियो जस्ता माध्यममा आफ्नो कला प्रस्तुत गरिरहनुभएको छ उहाँले ।
काठमाडौंलाई कर्मथलो बनाएर कला यात्रालाई निरन्तरता दिइरहुनभएका उहाँ यस क्षेत्रमै आफूलाई पूर्णरूपमा समर्पित गरेर लागेको बताउनुहुन्छ । ‘भूमिका लामो होस् वा छोटो, समाजमा प्रभाव पारोस् र दर्शकको मनमा लामो समयसम्म जीवित रहोस् भने मैले गरेको कामले सार्थकता पाउँछ’, उहाँ भन्नुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच