काठमाडौं । चलचित्र विकास बोर्डले माघ महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको बक्सअफिस कमाइ सार्वजनिक गरेको छ । बोर्डले शनिबार (माघ १७ गते) सम्मको व्यापारिक विवरण सार्वजनिक गरेको हो ।
बोर्डको तथ्यांकअनुसार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को डेब्यु निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ ले सबैभन्दा राम्रो व्यापार गरेको देखिएको छ । उक्त चलचित्रले शनिबारसम्म एक करोड ३६ लाख २० हजार ८६६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा चलचित्रका ४८ हजार ५३ वटा टिकट बिक्री भएका छन् । अन्य समकालीन चलचित्रको तुलनामा ‘गोबर गणेश’ ले उल्लेख्य दर्शक तानेको देखिन्छ ।
त्यसैगरी माघ १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘भाइरल गोर्खे’ले अपेक्षित व्यापार गर्न सकेन । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको उक्त चलचित्रले हालसम्म ३६ लाख १० हजार ९२५ रुपैयाँमात्र कमाएको बोर्डले जनाएको छ ।
माघ १ गते नै रिलिज भएको अर्को चलचित्र ‘मिरमिरे’ पनि बक्सअफिसमा कमजोर देखिएको छ । दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखको मुख्य भूमिका रहेको यस चलचित्रले शनिबारसम्म ३३ लाख ९३ हजार ७२५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
त्यस्तै, माघ ९ गतेबाट प्रदर्शनमा आएको सुशील श्रेष्ठ स्टारर एक्सन चलचित्र ‘परिवर्तन’ले पनि राम्रो व्यापार गर्न सकेन । बोर्डका अनुसार यस चलचित्रले शनिबारसम्म ३१ लाख नौ हजार रुपैयाँ ग्रस कमाएको छ । चलचित्रका ११ हजार ६ वटा टिकट बिक्री भएका छन् ।
चलचित्र विकास बोर्डको तथ्यांकले माघमा रिलिज भएका अधिकांश चलचित्रले अपेक्षित व्यापार गर्न नसकेको देखाउँदा ‘गोबर गणेश’ भने तुलनात्मक रूपमा सफल देखिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच