काठमाडौं । बुटवलस्थित हायात प्लेस होटलले प्रेमी-प्रेमिकाको सम्बन्ध अझ प्रगाढ र आत्मीय बनाउने उद्देश्यले ‘एन इभिनिङ ड्याट लिङ्गर्स’ मात्र १४ हजार नौ सय ९९ रुपैयाँको विशेष प्याकेज ल्याएको हो ।
शान्त वातावरण र स्तरीय आतिथ्य सत्कारको खोजीमा रहेका जोडीका लागि प्याकेज एक उत्कृष्ट रोजाइ बन्न सक्ने कम्पनीले जनाएको छ । बुटवलमा हालै सञ्चालनमा आएको ‘हायात प्लेस बुटवल’ ले यस वर्षको भ्यालेन्टाइन्स डे (प्रेम दिवस) मनाउन नेपालको जीवन्त लुम्बिनी प्रदेशमा रोमान्टिक गेटवेका लागि सम्पूर्ण जोडीलाई आमन्त्रित गरेको छ । १४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको प्याकेजले भ्यालेन्टाइन्स डेलाई विलासी र रोमान्टिक बनाउनुका साथै प्रेम गर्ने जोडीबीच मायाको सम्बन्ध अझ आत्मीय बनाउने बताइएको छ ।
होटलका अनुसार प्याकेजअन्तर्गत जोडीहरूले ‘वान-नाइट स्टे’ सँगै ‘ब्रेकफास्ट इन बेड’, भव्य रोमान्टिक ‘बफे डिनर’ र दुर्ई गिलास ‘स्पार्कलिंक वाइन’ तथा ‘सट्स’ को मज्जा लिन सक्नेछन् । साथै आफ्नो बसाइलाई अझ आरामदायी बनाउन जोडीहरूले ‘अनवाइन्ड टुगेदर’ अफरमार्फत् ६० वा ९० मिनेटको ‘स्पा सेसन’ बुकिङ गर्दा १५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
जसले जोडीहरूलाई सँगै रिल्याक्स गर्न र तरोताजा महसुस गर्न मद्दत गर्नेछ । होटलमा एक सय नौवटा फराकिला रुमहरू उपलब्ध छन्, जहाँबाट हरियाली जंगल र डाँडाकाँडाको मनमोहक दृश्य देख्न सकिन्छ । आधुनिक सुख–सुविधा र शान्त वातावरणको उत्कृष्ट समिश्रण रहेको होटल एकान्तमा समय बिताउन र एक-अर्कासँग नजिकिन चाहने जोडीहरूका लागि उत्तम गन्तव्य हुन सक्ने होटलको दाबी छ । ‘डिनर डेट’ का लागि होटलको ‘जिङ बार’ मा अन्तर्राष्ट्रिय परिकार र स्थानीय स्वाद मिसिएका ‘ककटेल’हरूको विशेष सेलेक्सन उपलब्ध छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच