झापा । आज (बुधाबार)देखि इण्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुँदैछ । कोशी पर्यटन वर्षका अवसरमा प्रदेश सरकारको सहयोगमा इण्डो-नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुन लागेको मूल आयोजक समितिका संयोजक तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज)ले जानकारी दिनुभयो ।
माघ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका चारवटा र भारतका चारवटा गरी आठवटा टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, फ्रेन्ड्स युथ क्लब डडेल्धुरा, डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाडल रहेका छन् ।
त्यस्तै, भारतका तर्फबाट राइनोल्याण्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनउ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नोलायन टिम सिक्किम रहेका छन् । नेपालका क्लबहरूमा राष्ट्रिय टोलीका खेलाडीबाहेक एनपिएल खेलिसकेका खेलाडीहरू र भारतका क्लबहरूमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरूको सहभागिता रहने संयोजक सुब्बाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछ भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले नगद २५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् । उदीयमान खेलाडीले नगद ११ हजार रुपैयाँ र ट्रफी पाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ र ट्रफी पाउने क्लबका महासचिव वसन्त पोखरेलले जानकारी दिनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच