काठमाडौं । नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन गरिएको ‘चलचित्र कथा–लेखनसम्बन्धी एकदिने आधारभूत कार्यशाला’को दोस्रो संस्करण सम्पन्न भएको छ । पिंगलास्थान, गौशालास्थित नेपाल फिल्म क्याम्पसमा सम्पन्न कार्यशालामा चलचित्र कथा-लेखनमा रुचि राख्ने २५ जना प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता थियो । कार्यशालाको उद्देश्य कथा-लेखनमा रुचि राख्ने नवप्रवेशीहरूलाई चलचित्रको कथात्मक संरचना, आधारभूत सिद्धान्त तथा लेखन प्रक्रियाबारे व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको आयोजकले जनाएको छ ।
कार्यशालामा भारतको फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डियाबाट पोष्ट-र्ग्याजुएट अध्ययन पूरा गरी हाल नेपाल फिल्म क्याम्पसमा निर्देशन तथा पटकथा लेखन विभागका प्रमुखका रूपमा कार्यरत केशव पाण्डेले प्रशिक्षण दिनुभएको थियो । साथै, पटकथा लेखक तथा पत्रकार सामिप्यराज तिमिल्सिनाले ‘नेपाली चलचित्रमा कथा’ विषयक विशेष सत्र सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा चलचित्र कथा-विज्ञान, कथाका आधारभूत तत्व, पात्र निर्माण, संरचना तथा कथा लेखन प्रक्रियाबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो । सहभागीहरूले कार्यशालालाई उपयोगी, प्रेरणादायी र सिकाइमुखी भएको प्रतिक्रिया दिएका छन् । आयोजकका अनुसार चलचित्र कथा-लेखनसम्बन्धी कार्यशालाको तेस्रो संस्करण आगामी फागुन १६ गते सञ्चालन गरिनेछ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच