काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’पछि यही निर्माण टिमले नयाँ चलचित्र ‘श्रीनिवास’ निर्माण गर्ने घोषणा गरेको छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा दोस्रो प्रस्तुति रूपमा ‘श्रीनिवास’को मंगलबार औपचारिक निर्माण घोषणा गरिएको हो ।
गएको दशैँको फूलपातीमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो । त्यसकै सफलतापछि निर्माण टिमले नयाँ चलचित्र घोषणा गरेको हो । चलचित्र ‘श्रीनिवास’मा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहननुहुनेछ । अभिषेक खड्काको डेब्यु चलचित्र ‘कुमारी’ यही माघ २३ गतेबाट प्रदर्शनमा आउँदैछ, जसका कारण उहाँ पछिल्लो समय चर्चामा हुनुहुन्छ ।
सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई सजन काफ्ले र आकाश बरालले संयुक्तरूपमा निर्देशन गर्दै हुनुहुन्छ । यसअघि यी निर्देशकद्वयले चलचित्र ‘बेहुली फ्रम मेघौली’ निर्माण गर्नुभएको थियो ।
चलचित्रको कथा तथा पटकथा अभिमन्यु निरावीले लेख्नुभएको हो । चलचित्रका अन्य कलाकार, प्राविधिक टिम तथा छायांकन तालिकाबारे निर्माण पक्षले क्रमशः जानकारी सार्वजनिक गर्ने जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच