काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कुमारी’को साउण्ड मिक्सिङ इमर्सिभ फर्म्याटमा गरिएको छ । मंगलबार चलचित्रका निर्देशक दिनेश राउतले हलका प्राविधिकलाई पत्राचार गर्दै यसबारे जानकारी गराउनुभएको हो । डल्बी एट्मस, डिटिएस ः एक्स र औरोम्यास प्रविधि जडान भएका हलमा चलचित्र हेर्दा दर्शकले सिनेम्याटिक अनुभव गर्ने पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘फिल्मको साउण्ड मिक्सिङ तथा मास्टरिङ साउण्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ । यसो गर्दा फिल्मको साउण्डको डाइनामिक सुरक्षित रहनुका साथै दर्शकले उत्कृष्ट र पूर्ण सिनेम्याटिक अनुभव प्राप्त गर्नेछन् ।’ ५.५ फेडर युनिटमा चलचित्रको ट्रायल शो भइसकेकाले उक्त भोल्युम युनिटभन्दा कममा चलचित्र नदेखाउन पनि पत्रमार्फत आग्रह गरिएको छ ।
प्रेमकथामा आधारित यस चलचित्रमा अविषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिका छ । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठलगायतको अभिनय रहेको चलचित्रको निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ । यसमा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।
‘डोको बुन्ने निगालो चोयाले’ गीतका कारण चर्चामा रहेको यो चलचित्रको देशका पाँचवटा शहरमा सांगीतिक कार्यक्रम आयोजना भइसकेको छ । माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच