काठमाडौं । माघ १६ गतेदेखि देशभर प्रदर्शनमा रहेको चलचित्र ‘आ बाट आमा’ का मुख्य कलाकारहरू पूर्वका दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । मंगलबार बिहानदेखि चलचित्र टिम इटहरी, धरान, विराटनगर, दमक र बिर्तामोडका विभिन्न सिनेमा हलमा पुगेको थियो ।
चलचित्रका निर्देशक चन्द्र पन्तका अनुसार मुख्य कलाकार पल शाह, विपना थापा, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेलसहितको टिमले हलमा उपस्थित दर्शकसँग भेटेर चलचित्रप्रति प्राप्त प्रतिक्रिया लिइरहेको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रका कलाकारहरू यसअघि पनि काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् । दर्शकबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्देशक पन्तले बताउनुभयो ।
अभिमन्यू निरवीद्वारा लिखित संवादमा आधारित यस चलचित्रको कथा तथा पटकथा निर्देशक चन्द्र पन्तकै छ । अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्यमा तयार गरिएको चलचित्र आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।
यस चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट र बेगम नेपालीको मुख्य भूमिका छ । संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको रहेको चलचित्रका गीतमा गम्भीर विष्ट र दिलिप ओखेडाको कोरियोग्राफी छ ।
नवराज उप्रेतीले छायांकन गरेको चलचित्रमा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुनुहुन्छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रको ट्रेलर र टिजर साहिल खानले तयार गर्नुभएको हो । चलचित्रको वितरण आरआर फिल्म्सले गर्दै आएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच