काठमाडौं । मदन ढकालले नयाँ गीत ‘मुग्लिङ’ सार्वजनिक भएको छ । मदन ढकाल र दिपिका बयम्बु मगरको स्वर रहेको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा शब्द गायक मदन ढकालकै रहेको छ भने संगीत घनश्याम खत्री र संगीत संयोजन आशिष अबिरलको छ । गीतको भिडियोमा कलाकार सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता) र जुनु एसडीको अभिनय तथा नृत्य देख्न सकिन्छ । गायक ढकाल स्वयं पनि भिडियोमा अभिनय गर्नुभएको छ ।
जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा तयार गरिएको भिडियोको छायांकन दिनेश पराजुलीले गर्नुभएको हो भने सम्पादन सुजन कोइरालाको छ । गीतको भिडियो बले इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच