काठमाडौं । युवालाई प्रत्यक्ष राजनीतिमा सक्रिय हुन आह्वान गर्ने सन्देशसहित सरोज बानियाँको शब्द रचना रहेको गीत सार्वजनिक भएको छ । डेढ दशकदेखि युवाका क्षेत्रमा क्रियाशील उद्यमी तथा युवा अभियान्ता बानियाँको ‘निर्वाचनमा देशैभर युवा आउनुपर्छ, देश मुहार फेर्नलाई युवा जाग्नुपर्छ’ बोलको गीत सार्वजनिक गरिएको हो ।
रामजी खाँण र प्रीति आलेको स्वर रहेको गीतमा संगीत संयोजन सुबिन सेञ्चुरीको छ । गीतमार्फत हाल देश निर्वाचनको चरणमा रहेको सन्दर्भमा युवाको भूमिकालाई केन्द्रमा राखिएको छ । विशेषगरी भदौ २३ र २४ गते भएको जेन-जी तथा युवा आन्दोलनपछि देश आमनिर्वाचनतर्फ उन्मुख भएको अवस्थामा १६५ वटै निर्वाचन क्षेत्रबाट युवाको प्रतिनिधित्व हुनुपर्ने सन्देश गीतले दिएको छ ।
यसअघि बानियाँले ‘जाग युवा, उठ युवा’ र ‘युवा तिमी के बन्ने’ बोलका गीत सार्वजनिक गर्नुभएको थियो । लामो समयदेखि युवाको सशक्तीकरणका क्षेत्रमा सक्रिय रहँदै आउनुभएका उहाँले केन्द्रीय तथा प्रदेशस्तरमा युवा उत्प्रेरणासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच