काठमाडौं । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा भएको सातौं संस्करणको नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेष्टिभल (एनसिफ) २०२६मा नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) पुरस्कृत भएको छ । महोत्सवमा ‘द चेन्ज’लाई सर्ट फिल्मतर्फ ‘स्पेसल मेनसन अवार्ड’ प्रदान गरिएको हो । यो चलचित्रकी नायिका एवं गायिका सरिता भारती, नायक प्रवण भुसाल र चलचित्र निर्देशक डब्बु क्षत्रीले महोत्सवमा यो अवार्ड ग्रहण गर्नुभएको थियो ।
महिनावारी हुँदा अझै पनि नेपाली समाजमा महिलाहरूलाई अछुतको व्यवहार गर्ने कुप्रथा रहेको आफूले यसमा कुप्रथाको सिकार भएकी नारीको भूमिका निर्वाह गरेको अभिनेत्री एवं गायिका सरिताले अवार्ड ग्रहण समारोहमा बताउनुभयो । अभिनेता प्रवणले यसमा यस्ता कुप्रथाविरुद्ध सामाजिक जनचेतना फैल्याउने काम गरेको बताउनुभयो ।
गत महिनामात्र बंगलादेशको बोगुरा शहरमा सम्पन्न ‘छैटौं बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा द चेन्जलाई स्पेसल मेनसन अवार्ड प्रदान गरिएको थियो । यो महोत्सवमा ‘इन्टरनेशलन सर्ट इन्डोर’तर्फ द चेन्जलाई अवार्ड प्रदान गरिएको थियो । बंगलादेशमा पनि यो चलचित्रका निर्देशक डब्बु क्षत्री, अभिनेता प्रवण भुसाल र अभिनेत्री सरिता भारतीले अवार्ड ग्रहण गर्नुभएको थियो । यस्तै दोस्रो संस्करणको ग्रामिण चलचित्र महोत्सवमा द चेन्जले उत्कृष्ट लघु चलचित्रको अवार्ड जितेको थियो । सो महोत्सवमा यो चलचित्रबाट डब्बु क्षत्रीले उत्कृष्ट निर्देशक, प्रवण भुसालले उत्कृष्ट अभिनेता र सरिता भारतीले अभिनेत्री तर्फको जुरी अवार्ड जित्नुभएको थियो । ‘द चेन्ज’ले लगातार एउटा राष्ट्रिय र दुईवटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्ड जितिसकेको छ । यो चलचित्र अन्य अन्तर्राष्ट्रिय महोत्सवहरूमा चयन भएको छ ।
यो लघु चलचित्रमा प्रवण र सरितासँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीसहितको मुख्य भूमिका छ । यो चलचित्रलाई निर्देशक डब्बु क्षत्रीले नै लेख्नुभएको हो भने जसमा ओम सुनारको पार्श्व संगीत, रामशरण उप्रेतीको छायांकन, वीरेन्द्र भाट विपिनको सम्पादन, अर्विसा भुसाल, युविका बुढाथोकी र सरिता भारतीको निर्माण छ । विलक्षण क्रियसन प्रा.लि.को ब्यानरमा यो लघु चलचित्र निर्माण गरिएको हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच