काठमाडौं । नइ एकेडेमीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको जन्म शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
विजय मल्लका सिर्जनात्मक योगदानमाथि अध्ययन तथा विद्यावारिधि अनुसन्धानमार्फत महत्वपूर्ण प्राज्ञिक कार्य गरेबापत उक्त पुरस्कार प्रदान गर्न लागिएको एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी गराउनुभयो । पुरस्कारको राशि प्रत्येकलाई जनही २५ हजार रुपैयाँ रहेको छ ।
पुरस्कृत हुने प्राज्ञहरूमा डा. रमा शिवाकोटी, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.लेखराज खतिवडा, डा.गोपालप्रसाद गैरे, डा.भगवानचन्द्र ज्ञवाली, डा.नित्यानन्द खतिवडा र प्राडा.कृष्णराज घतानी रहनुभएको छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच