काठमाडौ । भारतको बेंगलोरस्थित रेभा युनिभर्सिटीका पूर्वविद्यार्थीहरुको सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । ‘ग्राण्ड एलुम्नाई मिट-नेपाल च्याप्टर २०२६’ कार्यक्रममा युनिभर्सिटीका अध्यक्ष तथा कुलपति डा.पी.श्यामा राजुको प्रमुख आतिथ्यता रहेको थियो भने विश्वविद्यालयका रजिस्ट्रार डा.एम.धनञ्जयको विषेश आथिथ्यता रहेको थियो ।
नेपालमा रहेका रेभा युनिभर्सिटीका पूर्वविद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्ने, अनुभव आदान–प्रदान गर्ने तथा सहकार्य विस्तार गर्नेलगायत उद्देश्यले एलुम्नाई मिट आयोजना गरिएको कार्यक्रम संयोजक राजेश बस्यालले जानकारी दिनुभयो ।
भारतको उच्च गुणस्तरीय र विश्वसनीय विश्वविद्यालयका रूपमा स्थापित रेभा विश्वविद्यालयमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई एउटै मञ्चमा जोड्दै शैक्षिक, व्यावसायिक तथा सामाजिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयका कुलपति पी श्यामा राजुले गुणस्तरीयता र व्यवसायिकता आफूहरुको मुख्य प्राथमिकतामा रहेको जानकारी दिनुभएको थियो । उहाँले आफ्ना विद्यार्थीहरुलाई एकै ठाउँमा भेट्न पाउँदा सुखी लागेको उल्लेख गर्दै सम्बन्ध र स्नेहमा कुनै कमी नरहेको अनुभव सुनाउनुभयो ।
राजिष्ट्रार धनञ्जयले भने रेभा विश्वविद्यालयमा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थीहरुले नेपालका विभिन्न निकाय तथा संस्थामा ठूला जिम्मेवारी लिएर राम्रो काम गरेको थाहा पाउँदा अत्यन्त हर्षित भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमले नेपाल-भारतबीचको शैक्षिक तथा दुई देशीय सम्बन्ध सुदृढ गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको वक्ताहरुले उल्लेख गर्नु भएको थियो । कार्यक्रममा रेभा विश्वविद्यालयका विद्यार्थी, नेपालका प्रतिष्ठित शिक्षासेवी, विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच