काठमाडौं । नेकपा एमालेका सचिव डा. राजन भट्टराईले नीतिगत रूपमा एमाले अहिले पनि संसद् पुनःस्थापनाको पक्षमा रहेको स्पष्ट गर्नुभएको छ। प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उहाँले संसद् पुनःस्थापना भएमा मुलुकले कम जोखिममा संविधान र लोकतन्त्रलाई सहज मार्गमा फर्काउन सक्ने धारणा व्यक्त गर्नुभयो।
डा. भट्टराईले एमाले संसद् पुनःस्थापनाको पक्षमा भए पनि निर्वाचनबाट नभाग्ने स्पष्ट पार्नुभयो। जनतासामु गएर आफ्ना नीति, कार्यक्रम तथा विगतका योगदानका आधारमा पार्टीलाई जनताबाट अनुमोदन गराउन एमाले पूर्ण रूपमा तयार रहेको उहाँको भनाइ छ। उहाँले आगामी निर्वाचनलाई विवेकपूर्ण र संयमित ढंगले लिनुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार आगामी निर्वाचनबाट दीर्घकालीन रूपमा देशलाई स्वतन्त्र, सन्तुलित र स्थायित्वतर्फ लैजान सक्ने नेतृत्व स्थापित हुन आवश्यक छ। गलत निर्णयले भविष्यमा सच्याउन नसकिने अवस्था सिर्जना हुन सक्ने भन्दै उहाँले सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो।
डा. भट्टराईले भन्नुभयो, “नीतिगत रूपमा अहिले पनि संसद् पुनःस्थापना भयो भने यो मुलुकले कम जोखिममा प्राप्त गरेको संविधान र लोकतन्त्र सहज बाटोमा फर्किन सक्छ भन्ने मान्यता एमालेको रहेको छ। निर्वाचनको प्रक्रियामा हामी जनताबीच गएर आफ्ना विचार, नीति, कार्यक्रम र योगदान प्रस्तुत गरी अनुमोदित हुन भाग्छौँ। एमाले निर्वाचनबाट भाग्दैन।”
उहाँले युक्रेनको उदाहरण दिँदै एकपटक गरिएको गलत निर्णय भविष्यमा सुधार गर्न असम्भव हुनसक्ने चेतावनी पनि दिनुभयो। त्यसैले आगामी निर्वाचनमा सचेत र जिम्मेवार निर्णय आवश्यक रहेको उहाँको भनाइ छ।
डा. भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले काठमाडौं उपत्यकामा उल्लेखनीय सफलता हासिल गर्ने दाबी पनि गर्नुभयो। उहाँका अनुसार उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रमध्ये अधिकांश सिटमा एमालेका उम्मेदवार विजयी हुने विश्वास पार्टीले लिएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच