काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई बिथोल्नसक्ने चिन्ता व्यक्त गर्नुभएको छ।
आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटमा आयुक्त भण्डारीले प्रविधि र सामाजिक सञ्जालमार्फत हुने गलत सूचना, भ्रम फैलाउने सामग्री तथा निर्वाचन आचारसंहिताविपरीतका गतिविधि रोक्न सबै पक्षले सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले टिकटकले नेपालमा पवित्र सोचका साथ निःशुल्क निर्वाचन सफल बनाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
भण्डारीले भन्नुभयो, “आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन। यसले निर्वाचन प्रक्रियामा अत्यन्त दखल पुर्याउने, बिथोल्ने र निर्वाचनको संग्लिएको माहोल धमिल्याउने प्रयासहरू बढाउने जोखिम छ। विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनमा छ। टिकटकमार्फत जुन सहयोग र प्रतिवद्धता प्रदान गरिएको छ, यो धेरै महत्वपूर्ण छ।”
निर्वाचन आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी दुरुपयोग नियन्त्रण गर्ने र प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्ने तयारी गरेको जनाएको छ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच