जुम्ला । आगामी फागनु २१ गतेहुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ६ सय ५४ जना कर्मचारी खटिने भएकाछन् ।
निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक लगायतका कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।
जिल्लाभर ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएको छ । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् । त्यसैगरी आवश्यकता अनुसार स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिनुभयो ।
निर्वाचनका लागि जिल्लामा कुल जम्मा मतदाता संख्या ७१ हजार ७३९ जना रहेकाछन् । कुल मतदातामध्ये महिला मतदातातर्फ ३४ हजार २८० जना र पुरुष मतदातातर्फ ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लामा ९७४ जना निर्वाचन प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । निर्वाचनलाई लक्षित गर्दै जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा फागुन ३ देखी १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गरिने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
दुई वटा अस्थायी मतदाता केन्द्र कायम
आगामी फागुन २१ गतेहुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले अस्थायी मतदाताका लागि दुईवटा मतदान केन्द्र कायम गरेको छ ।
सदरमुकाम खलङ्गा बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाको मैदान र जिल्ला स्थित कारागारमा अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिनुभयो ।
निजामती कर्मचारी र नेपाली सेना,प्रहरी र सशस्त्र प्रहरीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मैदानमा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । कारागारमा रहेका थुनुवा वा कैदीलाई कारागारको कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी कँडेलको भनाइ छ ।
अस्थायी मतदाता नामावलीमा समावेश भएकाले सामानुपातिक तर्फको निर्वाचनमा मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था रहेको छ । फागुन ५ गतेसम्म अस्थायी मतदाता नामावाली नाम संकलन गर्न अन्तिम समयसिमा आयोगले तोकेको छ ।
अहिलेसम्म ८९१ जनाले अस्थायी मतदाता नामावालीमा आफ्नो नाम समावेश गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी कँडेलले बताउनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच