भोजपुर । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराई रहनु भएका बिरामीको उपचारका लागि स्वतन्त्र विद्यार्थी युनियन भोजपुर बहुमुखी क्याम्पसको पहलमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ ।
भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत संगम विश्वकर्माका बुवाका लागि स्ववियुको पहलमा संकलित रकम १६ सोह्र हजार पाँच सय २० रुपैयाँ स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन तामाङले विरामीका आफन्तलाई हस्तान्तरण गर्नुभयो । स्ववियु सभापति तामाङले बिरामीको उपचारमा सहयोगका लागि अपिल गरिएको बताउँदै सोही अनुरुप संकलित रकम हस्तान्तरण गरिएको बताउनुभयो ।
संगमका बुवा फोक्सोमा समस्या देखिएकाले हाल धरानमा उपचार गराई रहनु भएको छ ।
सहयोग हस्तान्तरणका क्रममा सभापति तामाङले भन्नुभयो, “स्ववियु भनेको भाषण गर्ने र राजनीति गर्ने थलो मात्र होइन, यो त विद्यार्थीहरूको सुख–दुःखको सच्चा साथी पनि हो। हाम्रा सहपाठी संगमको परिवारमा परेको यो संकटमा साथ दिनु हाम्रो दायित्व हो।“ उहाँले अगाडि थप्नुभयाे, “यो सानो सहयोग संगमको परिवारप्रति हाम्रो ऐक्यवद्धता हो। हामी उहाँको बुवाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।“
स्ववियुले यस संकटको घडीमा स्वतःस्फूर्त रूपमा सहयोग गर्ने सम्पूर्ण मनकारी विद्यार्थी साथीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। सानो–सानो सहयोगबाट ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै स्ववियुले आगामी दिनमा पनि विद्यार्थीका समस्यामा सधैँ साथमा रहने प्रतिबद्धता जनाएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच