काठमाडौं । चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकार तथा प्राविधिकहरूको सीप विकास गर्ने उद्देश्यले एक हप्ते घोडचढी तालिम सञ्चालन गर्ने भएको छ ।
ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढी एक अत्यावश्यक सीपका रूपमा स्थापित हुँदै गइरहेको वर्तमान सन्दर्भमा, कलाकार र स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने लक्ष्यसहित यो तालिम आयोजना गर्न लागेको बोर्डले जनाएको छ ।
बोर्डले तालिममा नेपाली चलचित्र क्षेत्रका विभिन्न अनुभवी कलाकारहरूको सहभागिता रहने जनाएको छ । तालिम अवधिभर व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड, घोडासँगको तालमेल, क्यामेरासँगको समन्वय तथा एक्शन दृश्यका लागि आवश्यक आधारभूत सीपमा प्रशिक्षण प्रदान गरिनेछ ।
बोर्ड अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रमा ऐतिहासिक, पौराणिक र एक्शन कथावस्तु बढ्दै गएको सन्दर्भमा घोडचढी जस्तो सीप अब वैकल्पिक नभई अनिवार्य बन्दै गएका कारण कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने उद्देश्यले यो तालिम सुरु गरिएको बताउनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच