नयाँदिल्ली । सन् २००७ मा आइसिसी पुरुष टी-२० विश्वकप दक्षिण अफ्रिकाले आयोजना गरेको थियो । भारतले यो संस्करण जितेको थियो । १९ वर्षपछि टी-२० विश्वकपको १०औँ संस्करण भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन् । पहिलो नौ टी-२० विश्वकप खेलेका रोहित शर्मा र शकिब अल हसन यसपालि सहभागी छैनन् तर २००७ को टी-२० विश्वकप खेलेका एक खेलाडी यस प्रतियोगितामा देखिनेछन् ।
अनुभवी विकेटकिपर-ब्याट्सम्यान ब्रेन्डन टेलरलाई २०२६ को टी-२० विश्वकपका लागि जिम्बाब्वे टोलीमा समावेश गरिएको छ । फेब्रुअरी ६ मा ४० वर्ष पुग्नुभएका टेलरले २००७ को टी-२० विश्वकपमा दुई खेल खेल्नुभएको थियो । उहाँले अष्ट्रेलियाविरुद्ध अविजित ६५ रन बनाउनुभएको थियो । यो इनिङले जिम्बाब्वेलाई अष्ट्रेलियालाई पराजित गर्न मद्दत गरेको थियो । जिम्बाब्वेले टी-२० अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई हराएको यो एकमात्र पटक हो । इंग्ल्याण्डविरुद्धको खेलमा टेलरले ४७ रन बनाउनुभयो ।
ब्रेन्डन टेलरले अन्तिमपटक २०१४ मा जिम्बाब्वेका लागि टी-२० विश्वकप खेल्नुभएको थियो । उहाँले २०१५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभएको थियो, तर २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किनुभयो । उहाँको निलम्बनका कारण जिम्बाब्वेले २०२१ को टी-२० विश्वकपमा भाग लिएन । जनवरी २०२२ मा टेलरलाई साढे तीन वर्षका लागि प्रतिबन्ध लगाइएको थियो । भ्रष्टाचार र डोपिङ उल्लंघनका लागि आइसिसीले उहाँलाई प्रतिबन्ध लगाएको थियो । गत वर्ष उहाँ अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किनुभयो र अब १२ वर्षपछि टी-२० विश्वकपमा देखिनुहुनेछ ।
ब्रेन्डन टेलरको जिम्बाब्वेका लागि उत्कृष्ट करियर रहेको छ । उहाँले २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको थियो । टेलरले ३६ टेष्ट खेलमा २,४०३ रन बनाउनुभएको छ । उहाँले २०७ एकदिवसीय खेलमा ६,७०४ रन बनाउनुभएको छ । उहाँले ५८ टी-२० अन्तर्राष्ट्रिय खेलमा १,१८५ रन बनाउनुभएको छ, जसमा एक शतक पनि समावेश छ । एजेन्सी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच