काठमाडौं । १२औँ एसियाली इण्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली चीनको तियाङजेन प्रस्थान गरेको छ । यही फेब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४०० र ८०० मिटर दौडमा सोमबहादुर कुमाल, ६० मिटर दौड र लङजम्पमा सलिन देवान तथा मुकेश पालले एक हजार ५०० र तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी दिनुभयो ।
अफिसियलमा एथलेटिक्स संघका उपाध्यक्ष सन्तोषकुमार ढकाल तथा प्रशिक्षकमा एथलेटिक्सकी मुख्य प्रशिक्षक उषाकर्ण चौधरी हुनुहुन्छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहताले मंगलबार आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच