काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जय ट्रफी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताको भेन्यु कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान तय गरिएको हो । गत वर्ष जय ट्रफी वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आयोजना गरिएको थियो ।
प्रतियोगिता यही फागुन ८ देखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । चार टोलीको सहभागिता रहने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र बागमती प्रदेश क्रिकेट संघले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता लिग तथा फाइनल चरणमा आयोजना हुनेछ । लिग चरणका सबै खेल दुई-दुई दिनको हुनेछन् ।
खेल तालिकाअनुसार, फागुन २०-२१ गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एपिएफ क्लब र बागमती प्रदेश क्रिकेट संघ आमनेसामने हुनेछन् ।
यसैगरी फागुन २३-२४ गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ भने मूलपानी मैदानमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच भिडन्त हुनेछ । त्यस्तै, फागुन २६–२७ गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेश क्रिकेट संघ तथा मूलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच लिग चरणको अन्तिम खेल हुनेछ ।
लिग चरण समाप्त भएपछि शीर्ष दुई टोलीबीच फाइनल खेल आयोजना गरिनेछ । फाइनल खेल फागुन १ देखि ३ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ । आयोजकका अनुसार, प्रतियोगिताका सबै खेल बिहान साढे ३० बजे सुरु हुनेछन् । घरेलु टोलीहरूबीचको प्रतिस्पर्धाले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर उकास्ने अपेक्षा आयोजकको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच