पोखरा । नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ । पोखरा रंगशालामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग चार-शुन्यले पराजित भएसँगै नेपाल बाहिरिएको हो । योसँगै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । बंगलादेशले अपराजित रहँदै च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।
नेपाल भने तेस्रो स्थानमा सीमित भएको छ । यसअघि बंगलादशेलाई पराजित गर्दै फाइनल प्रवेश गर्ने अवसर नेपाललाई थियो । तर, अन्तिम खेलमा हार व्यहारेसँगै नेपालले समूह चरणमा एक जित र दुई हारसहित ६ अंक मात्र बनाउन सक्यो ।
फाइनलमा अब बंगलादेशले भारतको सामना गर्ने भएको छ ।
बुधबार नै भएको पहिलो खेलमा भारतले भुटानलाई १२-शुन्यले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
यी दुईबीचको फाइनल पोखरा रंगशालामै आगामी फेब्रुअरी ७ मा हुने तालिका छ ।
बुधबार बंगलादेशलाई पोखराको पोखरा रंगशालामा जित दिलाउन अल्पी अख्तरले दुई गोल गर्नुभयो । प्रतीमा मुन्डाले पनि एक गोल गर्नुभयो भने बंगलादेशले एक आत्मघाती गोल उपहार पाएको थियो ।
नेपाल पहिलो खेलमा भारतसँग एक-शुन्यले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई दुई-एक ले हराएको भएपनि तेस्रो खेलमा पराजित भएको हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच