काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यलाई बधाई एवं स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै सिएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन रूपमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
स्वदेशी उत्पादन उपभोग बढाउनुपर्नेमा जोड दिँदै उहाँले सिएनआईले मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको बताउनुभयो । साथै अध्यक्ष पाण्डेले सिएनआई र महिला उद्यमी महासंघबीच गहन रूपमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलको क्षेत्रमा सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले महासंघ सिएनआईसँग विभिन्न क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा सिएनआई उपाध्यक्ष अमित मोर, महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच