काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुन नहुने बताउनुभएको छ ।
झापावासीहरुसँगको भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई चरणमा निर्वाचन हुने परिस्थिति हो भने निर्वाचनको मिति सार्न आग्रह गर्नुभयो । निर्वाचनमा धाँधली र अनियमितता हुन नदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले मतपेटिकालाई उम्मेदवार वा उनीहरूका प्रतिनिधिको आँखाबाट एक सेकेन्ड पनि ओझेल हुन नदिनुपर्नेमा जोड दिनुभयो ।
हिमाली भेगमा हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन गर्न नहुने बताउँदै ओलीले राज्यका सबै अंग तथा निकायहरू निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । राज्य कुनै एक पक्षलाई जिताउन र हराउन लाग्छ भने त्यसले ठूलो अनिष्ट पैदा गर्ने चेतावनी दिनुभयो । उहाँले यो कुरालाई रोदन नभई प्रतिवाद भएको बताउँदै एमाले निर्वाचन आयोगले दर्ता खुला गरेर चुनाव लड्न बनाएको पार्टी नभई देश बनाउन बनाएको पार्टी भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचनको प्रश्न नै के हो भने उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिको आँखाबाट बाक्सा ओझेल हुन हुँदैन । कसैप्रति अविश्वास गरेको होइन । त्यसो हो भने हामी विश्वास गर्छौं आफैँ भोट खसाउ । विश्वास गरिदिनुपर्ने । कसमाथि विश्वास गरिदिनुपर्ने । प्रतिनिधि किन राख्नुप¥यो त हामीले बेकार । तपाईंहरुलाई कसैलाई विश्वास गरिदिनुपर्ने, प्रतिनिधि किन राख्ने । ऋत पनि पुर्याउने । अनि गर्न चाहीँ आफ्नै हिसावले काम गर्ने । त्यसो भएर प्रतिनिधि उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिको आँखाबाट एक मिनेट वा एक सेकेण्ड पनि बक्सा ओझेल पर्न सक्दैन । भोट सकिएपछि तत्काल बाक्सा गन्ने ठाउँमा पार्टीका प्रतिनिधिहरुको रोहबरमा उनीहरुको आँखा अगाडि पुर्याइनुपर्छ । बाक्सा खोलेर तत्काल गन्नुपर्छ । हामीमाथि विश्वास गर नत्र डन्डा लगाएर विश्वास गराउँछौँ । त्यस्तो हुन्छ ? यो निर्वाचन निर्वाचन हुँदैछ भन्नेकुरामा हामीलाई विश्वास भइरहेको छैन । दुई चरणमा निर्वाचन हुँदैन, हिमाली भेगमा हिउँ पर्दछ, हिउँदमा भन्नेकुरा थाहा हुँदैन ? एकै चोटीलाई मिति राख, होइन भने मिति सार । एकै चरणमा निर्वाचन हुनुपर्दछ । निर्वाचन भइसकेपछि मत गणना हुनुपर्छ । धाँदली गरेर निर्वाचनको नाटक चल्दैन । राज्य, राज्यका सबै अंग र निकायहरु निष्पक्ष हुनुपर्छ । निष्पक्ष ढंगले शान्तिपूर्ण वातावरणमा, धाँदलीरहित निर्वाचन गराउनुपर्छ । राज्य, यसलाई जिताउने र हराउने भन्ने पक्षमा लाग्नु हुँदैन । यदी राज्य लाग्छ भने त्यो निर्वाचन निर्वाचन हुँदैन,देशमा गम्भीर अनिष्ट पैदा गर्नेछ । नेकपा एमालेको यो अनुभव हो । कुनै रादन भन्ने नठान्नुहोला । यो रोदन होइन । प्रतिवाद हुनेछ । नेकपा एमाले निर्वाचन आउन लाग्यो भनेपछि निर्वाचन आयोगले दर्ता खुला गरेर दर्ता गरेर चुनाव उठिहालौँ न त भनेर चुनाव लडि खेल्न बनाएको पार्टी होइन, देश बनाउन बनाएको पार्टी हो ।’
एमालेले धाँधलीरहित शान्तिपूर्ण निर्वाचनको वातावरणका लागि राज्यलाई सचेत गराएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच