काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
बाँसबारीस्थित न्यूरो हस्पिटलमा उपचाररत रहँदा उहाँको निधन भएको हो । भट्टराईकी छोरी मानुषी यमी भट्टराईले भन्नुभयो, ‘हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गर्नुभएको थियो । उहाँको बिहीबार बिहान स्वर्गारोहण भएको छ ।’ भट्टराईको शव बिहीबारनै पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिएको छ । स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि