काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व शुक्रराज संयोगको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार साँझ उहाँको काठमाडौंमा निधन भएको हो । पूर्वराष्ट्रियसभा सचेतक हुनुहुन्थ्यो । उहाँ नेपाली जनसम्पर्क समिति अमेरिका (नेजस) का प्रमुख डा.देशराज संयोगका पितासमेत हुनुहुन्छ ।
विसं.१९९३ साल पुस ७ गते ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका-८, ताम्राङमा जन्मनुभएका संयोगले नेपाली लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै जेल, नेल र प्रवासको कठोर जीवन भोग्नुभयो । प्रजातान्त्रिक मूल्य, न्याय र समानताको स्थापनाका लागि उहाँले आफ्नो सम्पूर्ण राजनीतिक जीवन समर्पण गर्नुभएको थियो ।
नेपाली कांग्रेसका समर्पित काडर, जनमुक्ति सेनाका कमाण्डर तथा पूर्वराष्ट्रियसभा सांसदको हैसियतमा उहाँले लोकतान्त्रिक आन्दोलनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पार्टी नेताहरू बताउँछन् । पार्टी संगठन सुदृढीकरणदेखि सामाजिक सद्भाव प्रवर्द्धनसम्म उहाँको योगदान स्मरणीय रहेको उनीहरूको भनाइ छ ।
उहाँको निधनलाई कांग्रेसभित्र अनुभव, निष्ठा र आदर्श बोकेको नेतृत्वको अपूरणीय क्षतिका रूपमा लिइएको छ । नेपाली कांग्रेसका शीर्ष नेताहरूले शोक सन्देश जारी गर्दै संयोगलाई लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका लागि जीवन समर्पण गर्ने व्यक्तित्वका रूपमा स्मरण गर्नुपर्ने बताएका छन् ।
स्वर्गीय संयोगप्रति श्रद्धाञ्जलि अर्पण गर्न बिहीबार काठमाडौंको गोठाटारस्थित फिकलचोकमा रहेको उहाँको निजी निवासमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको थियो । उहाँको अन्तिम संस्कार (आज) शुक्रबार गरिँदैछ । स्वर्गीय संयोगका चार छोरा र दुई छोरी हुनुहुन्छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि