बैतडी । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा दुई हजार ५९० सुरक्षाकर्मी खटाइने भएको छ । सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी खटाइने भएको हो ।
एक हजार ३७५ निर्वाचन प्रहरी, सात सय नेपाल प्रहरी बाँकी सशस्त्र प्रहरी र नेपाली सेना गरी दुई हजार ५९० जना सुरक्षाकर्मी निर्वाचनको समयमा खटाइने बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो ।
“निर्वाचन सुरक्षाको लागि सबै तहका सुरक्षाकर्मी तयारी अवस्थामा रहेको छन्”, प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो, “आवश्यकता अनुसार परिचालन हुन्छन् ।” निर्वाचनकै लागि यहाँ एक हजार ३७५ जना निर्वाचन प्रहरी छनौट भएका छन् । उनीहरुका लागि आधारभूत तालिम सञ्चालन रहेको छ ।
जिल्ला सुरक्षा समितिका अनुसार १ सय २९ मतदानस्थलमध्ये ३३ अति संवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । यस्तै २ सय १४ मतदान केन्द्र कायम गरिएका छन् ।
निर्वाचन सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाले पाटन, खोड्पे र शिवनाथको सुल्लेखानमा सुरक्षा बेश स्थापना गरेको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । यस्तै पाटनमा सशस्त्र प्रहरी बल नेपालको पनि सुरक्षा बेश स्थापना भएको छ ।
निर्वाचनकै लागि १ हजार ४ सय ४२ कर्मचारी खटाइने भएको छ । कर्मचारी परिचालनका लागि जिल्लास्थित सरकारी कार्यालयबाट विवरण सङ्कलन गरिसकेको निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकृत खगेन्द्र भारतीले बताउनुभयो । केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको खटनपटनको कार्य अगाडि बढाइने उहाँले बताउनुभयो ।
बैतडीमा ११ जनाको उम्मेदवारी रहेको छ । जिल्लामा १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेका छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच