काठमाडौं । फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘श्री बुकुरो’को टिजर सार्वजनिक गरिएको छ । यसैसाता निधन हुनुभए चलचित्रका मिडिया संयोजक दिनेश सिटौलाप्रति समर्पित गर्दै निर्माताले संक्षिप्त टिजर सार्वजनिक गरेको हो । ‘पहिलो दृश्य’ नाम राखिएको उक्त टिजरले चलचित्रको कथावस्तुबारे संक्षिप्त झलक दिन्छ ।
‘सिंगल सट’ छायांकन शैलीमा खिचिएको टिजरमा केटाकेटीको विवाहको लागि चिना हेराउन पण्डितसहित बसेका दुई परिवारको कथा देखाइएको छ । ६ मिनेटको टिजरमा परिवारभित्रको विवाद र द्वन्द्व देखाइएको छ । गहिरो प्रेममा रहेका जोडीको परिवारले चिना हेराउँदा विवाह गर्न सम्भव नदेखिएपछि विवाद उत्पन्न भएको भिडियोमा देख्न सकिन्छ । परिवारभित्रको आन्तरिक द्वन्द्व र त्रिकोणात्मक प्रेमलाई चलचित्रले मुख्य कथावस्तु बनाएको भिडियोले संकेत दिएको छ ।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, रोशनी कार्की, निकिता आचार्य, प्रतिकराज आचार्य, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाहीलगायत कलाकारको अभिनय छ । रुबि सेन सिंह यस चलचित्रको निर्माता हुनुहुन्छ ।
सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउण्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन छ । चलचित्रका गीतमा रञ्जित गजमेर र वसन्त सापकोटाको संगीत छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच