काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘कुमारी’ र ‘रम्मिताको पिरती’ प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ र सुदीप्ता निर्देशित चलचित्र ‘रमिताको पिरती’ प्रदर्शनमा आएका हुन् । यस्तै, हलिउडको हरर चलचित्र ‘द स्ट्रेन्जर्स : च्याप्टर ३’ पनि आजदेखि नेपाली सिनेमाघरमा प्रदर्शनमा आएको छ । प्रदर्शनमा आएकामध्ये सबैभन्दा धेरै शोज ‘कुमारी’ले पाएको छ, जसको शोज संख्या १५२ छ । त्यस्तै, ‘रमिताको पिरती’ ले कुल ९३ शोज पाएको छ भने ‘द स्ट्रेन्जर्स : च्याप्टर ३’ ले कुल ३९ शोज पाएको छ ।
आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘कुमारी’ र ‘रम्मिताको पिरती’ प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ र सुदीप्ता निर्देशित चलचित्र ‘रमिताको पिरती’ प्रदर्शनमा आएका हुन् । यस्तै, हलिउडको हरर चलचित्र ‘द स्ट्रेन्जर्स : च्याप्टर ३’ पनि आजदेखि नेपाली सिनेमाघरमा प्रदर्शनमा आएको छ ।
आकृति राजभण्डारी र अभिषेक खड्का स्टारर चलचित्र ‘कुमारी’को रनटाइम १२७ मिनेट छ र यो चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको छ । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठलगायतको अभिनय रहेको चलचित्रको निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ । यसमा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।
‘डोको बुन्ने निगालो चोयाले’ गीतका कारण चर्चामा रहेको यो चलचित्रको देशका पाँचवटा शहरमा सांगीतिक कार्यक्रम आयोजना भइसकेको छ । माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।
यस्तै, चलचित्र ‘रमिताको पिरती’ रोमान्टिक ड्रामाले लगातार ब्रेकअप भोगिरहेकी युवती पात्रलाई युवतीकै दृष्टिकोणबाट कथा भन्ने प्रयास गर्छ । यसमा आना शर्माले शीर्ष भूमिका निर्वाह गर्नुभएको छ । गायक समीर श्रेष्ठ, धीरज मगर र विनय श्रेष्ठले पनि यसमा अभिनय गर्नुभएको छ । ११५ मिनेट रनटाइमको यो चलचित्रले पिजी सर्टिफिकेट पाएको छ ।
त्यस्तै, हलिउडको हरर चलचित्र ‘द स्ट्रेन्जर्स : च्याप्टर ३’ले एडल्ट सर्टिफिकेट पाएको छ । रनटाइम ९१ मिनेट रहेको यो हरर चलचित्रलाई १६ वर्ष माथिका दर्शकले मात्र हेर्न पाउनेछन् ।
युट्युबमा ‘दिमाग खराब’
निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ आज (शुक्रबार)देखि युट्युबमा सार्वजनिक हुनेभएको छ । २०८० मा सिनेमाघरमा प्रदर्शनमा आएको यो चलचित्र अब दुई वर्ष पछाडि युट्युबमा प्रदर्शनमा आउने भएको हो । चलचित्र नेपालमा मात्र नभई दुबई, बहरान र कतारमा समेत एकसाथ प्रदर्शनमा आएको थियो ।
सोसल ड्रामा जनरामा बनेको ‘दिमाग खराब’ले व्यवस्थागत विकृति र भ्रष्टाचारका कारण मानसिक दबाबमा परेका एक आमनागरिकको कथालाई प्रस्तुत गरेको छ । समाज र राजनीतिबाट पीडित पात्रले आफ्ना अधिकारका लागि उठाउने आवाज र त्यसबाट पैदा हुने परिस्थितिलाई चलचित्रले केन्द्रमा राखेको छ । चलचित्रले सिनोमा घरमा सय दिनसमेत पूरा गरेको थियो ।
यस चलचित्रमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायत कलाकारको अभिनय छ । रौनकविक्रम कँडेल यसको निर्माता हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच