काठमाडौं । थुमन शर्मा र मिनु गैरेको स्वरमा रहेको गीत ‘मायाको असर’ सार्वजनिक गरिएको छ । काठमाडौंको आयोजित एक विशेष कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
भ्यालेन्टाइन डे लक्षित गर्दै भ्यालेन्टाइन सप्ताहको अवसरमा उक्त गीत थुमन शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । प्रेमभाव झल्किने गीतमा शिवराज गौतमको शब्द तथा संगीत छ । गीतको संगीत संयोजन रुबिन मगरले गर्नुभएको हो भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गर्नुभएको छ ।
प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा प्रविन डीसी र अनिता गिरीको मुख्य अभिनय देख्न सकिन्छ । प्रेम कथामा आधारित भिडियोको छायांकन सुबिन गोदारले गर्नुभएको हो भने सम्पादन राकेश दाहालले गर्नुभएको छ । मेकअप सीमा मगरको रहेको भिडियो व्यवस्थापनको जिम्मेवारी सुनिल दवाडीले सम्हाल्नुभएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच