काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शेर मल्लले आफ्नो डेब्यू खेलमै उत्कृष्ट सुरुवात गरेका छन् । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा प्लेइङ–११ मा परेका मल्लले आफ्नो पहिलो बलमै विकेट लिन सफल भएका हुन् ।
मुम्बईस्थित वानखेडे स्टेडियममा भइरहेको खेलमा मल्लले इंग्ल्यान्डका ओपनर फिल साल्टलाई आउट गरे । कप्तान रोहित पौडेलले दोस्रो ओभरमै मल्ललाई बल थमाएका थिए । ठूलो सट खेल्ने प्रयासमा साल्टले खेलेको बललाई सन्दीप लामिछानेले क्याच गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए ।
यसअघि टस जितेका इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । दुई पटकको विश्वविजेता इंग्ल्यान्डविरुद्ध नेपालले अनुशासित बलिङबाट खेलको सुरुवात गरेको छ ।
नेपालले यसपटकको विश्वकप यात्रा इंग्ल्यान्डविरुद्धको खेलमार्फत सुरु गरेको हो । नेपाल यसअघि सन् २०१४ मा बंगलादेश र सन् २०२४ मा अमेरिकामा सम्पन्न टी–२० विश्वकपमा सहभागी भएको थियो, तर दुवै पटक समूह चरण पार गर्न सकेको थिएन ।
आजको खेलमा नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने रहेका छन् ।
त्यसैगरी इंग्ल्यान्डको टोलीमा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करन, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वुड छन् ।
विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । सो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच