काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले इंग्ल्याण्डविरुद्ध तेस्रो विकेट लिन सफल भएको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा भइरहेको खेलमा नेपालले ४.३ ओभरमा तेस्रो विकेट लिएको हो । नेपालका लागि स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् । यसअघि नन्दन यादवले दोस्रो विकेट हात पारेका थिए ।
हालसम्म इंग्ल्याण्डका दुवै ओपनरसहित तीन खेलाडी आउट भएका छन्, जसले नेपाललाई सुरुवाती चरणमै महत्वपूर्ण सफलता दिलाएको छ ।
यसअघि दोस्रो ओभरको पहिलो बलमै नेपालका डेब्यू खेलाडी शेर मल्लले इंग्ल्याण्डका ओपनर फिल साल्टलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
नेपालले बलियो टोली इंग्ल्याण्डविरुद्ध आक्रामक र अनुशासित बलिङ प्रदर्शन गरिरहेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच