काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा दुई पटकको च्याम्पियन इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १८० रनमै समेटियो।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा सात विकेट गुमाउँदै १८४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाए भने कप्तान ह्यारी ब्रुकले ५३ रनको योगदान दिए। विल ज्याक्सले अविजित ३९ रन जोडे भने जस बटलरले २६ रन बनाए।
बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान दुई–दुई विकेट लिए। डेब्युट खेल खेलेका शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट झारे।
लक्ष्य पछ्याउने क्रममा नेपालले पावरप्लेमा दुवै ओपनर गुमाउँदै ६ ओभरमा ४७ रन बनाएको थियो। मध्यम सुरुआतपछि नेपालले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि अन्तिम ओभरसम्म पुगेर जित हात पार्न सकेन।
यो खेलसँगै नेपालले टी–२० विश्वकप २०२६ को यात्रा सुरु गरेको हो। यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकपमा सहभागिता जनाएको थियो तर दुवै पटक समूह चरण पार गर्न सकेको थिएन।
समूह ‘सी’ मा रहेको नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन्।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच