काठमाडाैं । नेपाली काँग्रेसका सांसद युवराज शर्माले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारको परराष्ट्र नीतिप्रति प्रश्न उठाउनुभएको छ ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै उहाँले सरकारको परराष्ट्र नीतिप्रति प्रश्न उठाउनुभएको हो । उहाँले विगतका सरकारहरू असंलग्न परराष्ट्र नीति तथा एक चीन नीतिप्रति सचेत रहेको उल्लेख गर्दै वर्तमान सरकारले ती आधारभूत नीतिहरू कमजोर बनाउने हो कि भन्ने चिन्ता सर्वत्र रहेको बताउनु भयो ।
उहाँले केवल प्रथम महिला प्रधानमन्त्री भनेर इतिहासमा नाम लेखिनु मात्र पर्याप्त नहुने भन्दै इतिहास रच्न सक्नेगरी कार्यसम्पादन गर्न आवश्यक रहेको धारणा राख्नुभयो । नागरिकको एकमात्र र प्रमुख माग निष्पक्ष निर्वाचन रहेको उल्लेख गर्दै त्यसका लागि संविधानका पक्षधर शक्तिहरू एकजुट भएर कडा र स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने उहाँको जोड छ ।
उहाँले भन्नुभयो, ‘विगतका सरकार असंलग्न परराष्ट्र नीतिसहित एक चीन नीतिमा समेत सचेत देखिन्थे । वर्तमान सरकारले सबै कुरा भताभुङ्ग पार्ने त होइन भनि सबैतिर चिन्ता छ । सम्माननीय अध्यक्षज्यू प्रथम महिला प्रधानमन्त्री भनि इतिहासमा नाम लेखाएर मात्र पुग्दैन । इतिहास रच्न समेत सफल हुनुपर्दछ । विवशको नाच त हिजो पनि देखाइएकै थियो । आज जनताको एकमात्र माग हो निष्पक्ष निर्वाचन, जुन नागरिकको हक पनि हो । त्यसको लागि अब संविधानका पक्षधरहरुको एकजुटतासहित कडा प्रस्तुति आवश्यक छ ।’
वर्तमान सरकारले सबै छिमेकी मित्रराष्ट्रहरुसँगको सम्बनध समेत भताभुङ्ग पार्नसक्ने आशंका व्यक्त गर्नुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच