काठमाडौं । आज प्रणय सप्ताहको तेस्रो दिन चकलेट डे मनाइँदैछ। भ्यालेन्टाइन सप्ताहअन्तर्गत हरेक वर्ष फेब्रुअरी ९ तारिखमा चकलेट साटासाट गर्दै यो दिन मनाउने चलन छ।
रोज डे र प्रपोज डेपछि आउने चकलेट डे प्रेम, मित्रता र आत्मीयताको प्रतीकका रूपमा मनाइन्छ।
चकलेट बच्चादेखि वृद्धसम्म सबै उमेर समूहको प्रिय मिठाई हो। जन्मदिन, उत्सव, विशेष समारोहदेखि सामान्य खुसीका अवसरसम्म चकलेट उपहारका रूपमा दिने परम्परा छ।
फेब्रुअरी महिनालाई प्रेमको महिना मानिन्छ, जसअन्तर्गत फेब्रुअरी ७ देखि १४ सम्म विभिन्न प्रणय दिवसहरू मनाइन्छन्। चकलेट डेमा आफ्ना प्रियजन, साथीभाइ वा प्रेमी–प्रेमिकालाई चकलेट दिएर सम्बन्धलाई अझ मिठो बनाउने सन्देश दिने गरिन्छ।
यद्यपि सबै प्रकारका चकलेट स्वास्थ्यका लागि लाभदायक हुँदैनन्। तर गुणस्तरीय र सही प्रकारका चकलेट सेवन गरेमा यसले शरीरलाई केही फाइदा पुर्याउने स्वास्थ्य विज्ञहरू बताउँछन्।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच