दार्चुला । एकै दिन दार्चुलाका दुई छुट्टाछुट्टै ठाउँमा दुई जनाको हत्या भएको छ । महाकाली नगरपालिका-४ खलंगा बङ्गाबगडमा नेपाल प्रहरीका हवल्दार योगेन्द्र घर्ती र शैल्यशिखर नगरपालिका-८ मा ७१ वर्षीया महिला लक्ष्मी जोशीको हत्या भएको हो ।
सामुदायिक प्रहरी केन्द्र बंगाबगडमा कार्यरत प्रहरी हबलदार घर्तीको एक होटलमा हत्या भएको महाकाली नगरपालिका-४ का वडा अध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिनुभयो । अहिले प्रहरीले शवलाई जिल्ला अस्पताल दार्चुला पठाएको छ ।
स्थानीयले घट्नाको अनुसन्धान गरि दोषीलाई कारवाही गर्न माग गरेका छन् । स्थानीय विजय ऐरीले भने, होटलमा हत्या गरेर फालिएको छ । टाउको भरि चक्कु प्रहार गरिएको घाउ छ । स्थानीयले होटल सञ्चालक पक्राउ गरि अनुसन्धान गर्न माग गरेका छन् ।
यस्तै शैल्यशिखर नगरपालिका-८ देवलका ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरि सुनचाँदी लुटपाट भएको छ । घरमै एक्लै रहेकी उनको हत्या गरि घरबाहिर शव फालिएको अवस्थामा फेला परेको स्थानीय मनोरथ जोशीले जानकारी दिनुभयाे ।
उनको टाउकोमा चोट छ । हत्यापछि उनले लगाएकी साढे तीन तोला सुन लुटपाट भएको छ । घरभित्र बाकस फुटेको अवस्थामा फेला परेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरजसिंह भाटको टोली खटिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।







चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी
प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका