रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछापको मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।
दुर्घटनामा सुरुआतमा चार जनाको मृत्यु भएको पुष्टि भए पनि पछिल्लो विवरणअनुसार मृतक संख्या ११ पुगेको रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो। दुर्घटनामा बसका चालकसहित ६ जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच