काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे निर्वाचन आयोगसँग छलफल गर्नुभएको छ ।
निर्वाचनको तयारीको अवस्थाबारे जानकारी लिन आज आयोग पुग्नुभएका गृहमन्त्री अर्यालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूसँग शान्ति–सुरक्षा र गृह मन्त्रालयले गरिरहेका तयारीका विषयमा छलफल गर्नुभएको हो ।
छलफलका क्रममा गृहमन्त्री अर्यालले आयोगमा सञ्चालनमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रको अवलोकन पनि गर्नुभयो ।
सो अवसरमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आगामी फागुन ३ गतेसम्म सञ्चालन भइरहेका निर्वाचनसम्बन्धी कार्यक्रमहरू र फागुन ४ गतेपछि सुरु हुने निर्वाचन प्रचार–प्रसार कार्यक्रमका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे गृह मन्त्रालयले गर्नुपर्ने तयारीका विषयमा जानकारी गराउनुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच