ललितपुर । अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको चलचित्र ‘कस्तुरी’को छायांकन आरम्भ भएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिर, ललितपुरमा शुभमूर्हत गरी चलचित्रको छायांकनको आरम्भ गरिएको हो । ऋत बोहोराले निर्देशन गर्ने यो चलचित्रको कथा पनि उहाँले नै लेख्नुभएको हो । यस चलचित्रबाट निखिल र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्दैहुनुहुन्छ ।
चलचित्रमा निखिल-वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम लगायतका कलाकारको अभिनय रहनेछ । साथै गौरव पहारी र हेना नगरकोटीले विशेष भूमिका निर्वाह गर्नुहुने निर्माणपक्षले जनाएको छ ।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको निर्मातामा धीरजकुमार अग्रवाल रहनुभएको छ भने सहनिर्माता अञ्जलि चौधरी हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच