ललितपुर । बालबालिकाको सिर्जनात्मकता र प्रतिभालाई प्रदर्शन गर्ने उद्देश्यले माछापुच्छ्रे वर्ल्ड स्कुलले आफ्नो वार्षिक ‘आर्ट गाला २०२६’ साना हात, ठूला कल्पना-मेरो खुसीको संसार विषयमा आइतबार विद्यालय परिसर ललितपुरको कुसुन्तीमा सम्पन्न गरेको छ ।
विद्यालयले प्राथमिक वर्ष कार्यक्रम (प्राथमिक वर्ष कार्यक्रम) कार्यान्वयन गर्दै आएको र ‘ए ग्रेड विद डिष्टिङ्सन’को मान्यताप्राप्त भएकाले कार्यक्रममा शैक्षिक उत्कृष्टता र विद्यार्थी प्रतिभा दुवैलाई विशेष प्राथमिकतामा राखेको थियो । नेपाली बहुविशिष्ट दृश्य कलाकार, क्युरेटर र ललितपुरको ग्यालरी एमक्युवका संस्थापक मनिषलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो । उहाँले २००१ मा सिर जेजे स्कुल अफ फाइन आर्टबाट स्नातक गर्नुभएको थियो । उहाँले परम्परागत नेपाली प्रतीकहरू जस्तै घण्ट, पिरामिड र ऐतिहासिक रूपरेखालाई आधुनिक, अवधारणात्मक र प्रयोगात्मक शैलीमा प्रस्तुत गर्ने कार्य गर्दै आउनुभएको छ ।
श्रेष्ठले विद्यार्थीहरूको कलाकृतिहरू अवलोकन गर्दै भन्नुभयो, ‘यस कार्यक्रमले बालबालिकाको सिर्जनात्मकता र कल्पनाशक्ति उजागर गर्ने अनौठो अवसर प्रदान गरेको छ । प्रत्येक बालबालिकामा लुकेको प्रतिभा पत्ता लगाएर प्रस्तुत गर्ने विद्यालयको दृष्टिकोण अत्यन्त सराहनीय छ ।’ माछापुच्छ्रे स्कुलका कला शिक्षक राजु शाक्यले भन्नुभयो, ‘सानो उमेरदेखि सिर्जनात्मकतालाई प्रोत्साहन गर्नु अत्यावश्यक छ । यस्तो आर्ट कलाले विद्यार्थीलाई आफ्नो कला र सोच प्रदर्शन गर्ने मञ्च दिन्छ । जसले विद्यार्थीको आत्मविश्वास विकास गर्नमात्र नभई उनीहरूको सोचको विस्तारमा पनि योगदान पुर्याउँछ ।’ कार्यक्रममा प्रधानाध्यापक होमनाथ आचार्यले उत्कृष्ट प्रतिभाका विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै भन्नुभयो, ‘आजको कला हाम्रो भविष्य निर्माणको आधार हो । तपाईंहरूले प्रस्तुत गरेको कलाकृति केवल कलामात्र होइन, तपाईंहरूको सोच, कल्पना र संवेदनशीलताको प्रतिनिधित्व हो । यसले तपाईंलाई भविष्यमा अझ नयाँ उचाइ हासिल गर्न मद्दत गर्नेछ ।’ उक्त स्कुलका प्रमुख कार्यकारी अधिकृत डा. विनोद यादवले भन्नुभयो, ‘हाम्रो विद्यालयले आधुनिक शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय मान्यतासँग मेल खाने शिक्षण विधि अपनाएको छ । हामी विद्यार्थीको बौद्धिक, सिर्जनात्मक र सामाजिक विकासलाई समान महत्व दिन्छौं । बालबालिकामा भविष्यको सोच, समस्या समाधान क्षमता र नेतृत्व क्षमता विकास गर्नु हाम्रो प्राथमिकता हो ।’





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच