सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले मंगलबार अबेर सर्लाही आई पुगेपछि आज बिहान बाट आम मतदाता भेट घाट तथा सामुहिक भेट घाट कार्यक्रमलाई तिव्रता दिनु भएकाे छ । सर्लाही ४ नम्बर क्षेत्रमा उम्मेद्वारी दिएपछि थापा दोस्रोपटक याे क्षेत्रमा सामुहिक भेटघाट कार्यक्रम बरथहवा बाट सुरु गर्नुभएकाे हाे ।
यस क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले मुलुकलाई अब स्पष्ट परिवर्तन र सुशासनको बाटोमा लैजान आवश्यक रहेको बताएका छन् । सर्लाहीमा आफ्नो निर्वाचन क्षेत्रमा आम मतदाता भेट घाट तथा सामुहिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले जनतामा बढ्दो निराशा अन्त्य गर्न कांग्रेस जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
सभापति थापाले शिक्षा, स्वास्थ्य, रोजगारी र दिगो विकासलाई कांग्रेसको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै यी क्षेत्रलाई बलियो बनाए मात्र देशले स्थायित्व र समृद्धि हासिल गर्न सक्ने बताउनुभयाे । उहाँले मधेश प्रदेश तथा सर्लाही जिल्लामा देखिएका समस्या समाधानका लागि केन्द्र देखि स्थानीय तहसम्म समन्वय गरेर काम गर्ने स्पष्ट पार्नुभयाे ।
उहाँले युवा पुस्तालाई देश निर्माणको मुख्य शक्ति भएको उल्लेख गर्दै रोजगारी सिर्जना, सीप विकास र अवसर प्रदान गर्न कांग्रेस दृढ रहेको बताउनुभयाे । साथै किसान, श्रमिक र मध्यम वर्गका समस्यालाई सम्बोधन गर्दै आर्थिक सुधार र सामाजिक न्यायमा कांग्रेस अग्रसर रहने उहाँको भनाइ थियो ।
सभापति थापाले पार्टी कार्यकर्ता र समर्थक हरूलाई एकताबद्ध भएर जनता माझ पुग्न आग्रह गर्दै लोकतन्त्र, संविधान र संघीयताको रक्षा कांग्रेसको प्रमुख दायित्व रहेको बताउनु भयाे ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच