नेपाली कांग्रेस पार्टीभित्र १४औँ महाधिवेशन हुनु अगाडिदेखि नै पुस्तान्तरणको मुद्दा भित्रभित्रै राँको सल्किएझैँ सल्के तापनि पार्टी सभापति शेरबहादुर देउवाको पार्टीमा पकड यस्तो बलियो थियो कि त्यो राँकोमै सिमित भइरह्यो । न त १३औं महाधिवेशनमा रामचन्द्र पौडेलले शेरबहादुर देउवाको गढ भत्काउन सके न १४औँ मा शेखर कोइरालाले । तर, विद्यार्थी राजनीतिबाट पार्टीमा प्रवेश गरेका दुई उदीयमान युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले सहकार्यको संस्कृति अवलम्ब नगरी १४औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित हुन सफल भए । त्यसपछि उनीहरूले बेलामौका पार्टीमा हाबी भइरहेको हैकमवादी (पेलेरै जाने) चरित्रको विरोध गर्दै आइरहेका थिए ।
लोकतान्त्रिक पार्टीभित्र अलोतान्त्रिक चरित्रले गर्दा पार्टीको छवि बिग्रँदै गएको पार्टीभित्रकाहरूले मात्र नभएर बाहिरकाले पनि महसुस गर्दै आइरहेका थिए । तर, पार्टीसभापतिको बहुमत या भनौं सही वा गलत निर्णयमा सभापतिको पछिपछि लाग्ने ताबेदारहरूको संख्या अधिक हुनाले लोकतान्त्रिक पार्टीले विचारविमर्श गरी निस्केको निष्कर्षअनुसार चल्न छाडेर पिछलग्गुहरूलाई लिएर पेल्न थालेपछि पार्टीले लोकतान्त्रिक चरित्र गुमाउन थाल्यो । यसरी पार्टीले गलत ट्रयाक समातेर नीति सिद्धान्त नमिल्ने गैरलोकतान्त्रिक पार्टीसँग पनि चुनावी तालमेल गरी आमचुनावमा होमिन थालेको र यसरी गठबन्धन गर्दासमेत चिताएको जस्तो नतिजा प्राप्त गर्न नसक्दा संगठनको शाख खस्कँदै गइरहेको थियो । यी कुराहरूले गर्दा यी दुई युवा नेताहरूको तथाकथित इतर पक्षका नेता कार्यकर्ताको आक्रोश बढ्दै गइरहेको थियो ।
विश्वप्रकाश शर्मा सुरुदेखि नै गगनलाई प्रधानमन्त्री बनाउने रटानमा लागिरहेका थिए जुन अभियान अहिले सफल पार्ने दिशामा अग्रसर भइसकेको छ । गगनकुमार थापा आउने चुनावमा प्रधानमन्त्रीको उम्मेदवार भई सर्लाही–४ बाट लड्दै छन् । अरू पार्टीहरूले पुस्तान्तरण गरेनन् तर कम्युनिष्ट एलाइन्सका केही पार्टीहरूले नेपाली कम्युनिष्ट पार्टी गठन गरी वैकल्पिक शक्तिको रूपमा चुनावी मैदानमा भने आएका छन् ।
महामन्त्रीहरूले कम्युनिष्ट पार्टीसँग चुनावी गठबन्धन नगर्न सल्लाह दिँदा पनि नमानी पछिल्लो समय नेकपा एमालेसँग गठबन्ध गरी एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको सरकारले गरेका वैध अवैध कामहरूको मूकसाक्षी बनिरहेका थिए । सरकार दोस्रा तेस्रा हुने पार्टीले चलाउने आफू पहिलो भएर पनि भ्रष्टाचार गरे पनि, सुन तस्करलाई छुट दिए पनि मूकदर्शक भई हेरिरहने अवस्थामा पुगेको थियो पार्टी । अर्कोतर्फ लोकतान्त्रिक व्यवस्था लागू भएको विगत ३० वर्षदेखि नै जनताले गरेको अपेक्षाअनुसार यी दलहरूले काम गर्न सकेनन् । यी नेताहरूले जनतालाई बच्चालाई फकाएझैँ फकाउने प्रयास गर्दै छन् । यस्तै खाले आश्वासन मतदातासमक्ष आफ्ना घोषणापत्रद्वारा यी विभिन्न दलहरूले हरेक चुनावअगाडि दिन्छन् र चुनाव जितेर आफ्ना वाचा बिर्सिने गरेका छन् ।
आशा र अपेक्षा गरिएको विकासको गति अग्रगमन हुनुको सट्टा पश्चगमन भइरहेको स्थितिले गर्दा युवायुवती रोजगारीका लागि विदेशिन थाले । भ्रष्ट आचरण, दण्डहीनता, काखापाखाको व्यवहार र सुशासन त झन् आकाशको फल आँखा तरी मरजस्तो भइरहेका अवस्थामा जेनजी पुस्ताहरूले उपरोक्त यिनै बेथितिहरूको विरोध गर्दै सुशासन कायम गर्न गत भदौ २३ गते प्रदर्शन गरे । बेथिति रोकी सुशासन कायम गर्न यी वृद्ध नेताहरूले नसक्ने देखिएकाले पुस्तान्तरण प्रमुख माग राखेर सबै दलहरूले अवलम्बन गर्ने अपेक्षा गरिएको थियो ।
तर, नेपाली कांग्रेस पार्टीले मात्र युवापुस्तामा देशको अभिभारा सुम्पिने जेनजीको मागलाई कदर गर्दै महामन्त्रीद्वयले पुस्तान्तरणका लागि सिंगै पार्टीसमक्ष आवाज उठाए । बिग्रँदो परिस्थितिलाई ध्यानमा राखेर हो कि भदौ २४ गते अराजक आतंकले गर्दा परेको घातको पीडा आलै भएर दुःखी नै रहेकाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिई आफू सक्रिय राजनीतिबाट अलग बस्ने निर्णय सार्वजनिक गरिसकेका शेरबहादुर देउवाले सिंगापुरबाट स्वास्थ्योपचार गरी फर्केपछि अरूको उक्साहटमा पुनः सक्रिय राजनीति गर्न थाले । महामन्त्रीहरूसमक्ष पर्न आएको ५४ प्रतिशत नेता कार्यकर्ताको हस्ताक्षरसहितको विशेष महाधिवेशन डाक्ने मागलाई सभापति शेरबहादुर देउवाले अनेक बहाना बनाई बेवास्ता गरिरहे ।
हुन त पार्टी विधानअनुसार चार वर्षमा नियमित महाधिवेशन गर्नुपर्दछ । तर, विधानकै उपदफा अनुसार परिस्थितिजन्य तथा अन्य कारणहरूले गर्दा एक वर्षपछि सार्न सकिने हुनाले सो लाभ देउवाले १४औँ महाधिवेशनमा उठाइसकेका छन् । तर, यसपालि जेनजीको पुस्तातरणको माग र फागुन २१, २०८२ मा निर्वाचन गर्ने घोषणा भइसकेकाले सो अगावै चार वर्ष पुग्ने मंसिरमै महाधिवेशन गर्ने प्रचारबाजी भइरहेको थियो तर गरिहाल्ने कुनै लक्षण देखिएन । महामन्त्रीहरूको आवाजलाई शान्त पार्न पुस २७ देखि २९ गतेका लागि महाधिवेशनको कार्यतालिका घोषित गरिएको थियो ।
तर, मिति नजिकिँदै गर्दा निर्वाचनपूर्व महाधिवेशन गर्न सम्भव छैन भनेर २०८३ वैशाखको अन्तिममा गर्ने कार्यतालिका प्रकाशित गरेर जालझेल गर्न थालियो तर हस्ताक्षर गरेका नेता कार्यकर्ताहरूले महामन्त्रीहरूमाथि दबाब सिर्जना गरेर पार्टीले पहिलै प्रकाशित गरेको कार्यतालिका अनुसारै पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिछाडे । भनिन्छ तथाकथित संस्थापन पक्ष पनि सहमत भई विशेष महाधिवेशनमा सहभागी हुन आउँछन् कि ? भनेर विभिन्न पदाधिकारीहरूको चुनाव र केन्द्रीय कार्य समिति चयनसमेत स्थगित राखेर अधिवेशन दुई दिन बढी ३० गतेसम्म नै लम्बिएको थियो । तर, त्यहाँ संस्थापन पक्षका कोही सामेल हुन आएनन् ।
जेनजीको आन्दोलनले जुन रूपको राजनीतिक बदलाव खोजेका छन् त्यस अनुरूपको हुनसकेको छैन । न त चाहेअनुसार अरू दलहरूमा पनि पुस्तान्तरण भयो न जेनजीहरू नै पर्याप्त मात्रामा उमेरको हदका कारण उम्मेदवारी नै दिनसके । न अन्तरिम सरकारले शासनको प्रणलीगत विषयमा संविधानमा केही संशोधन गर्नसके । यस सन्दर्भमा अब हुने चुनावबाट मात्र केही आशा गर्न सकिने देखियो । कांग्रेसको चुनावी नाराअनुसार गगन र विश्वप्रकाशले कांग्रेस त बदले भने देश पनि बदलेर जनताको मुहार उज्यालो पार्न सक्लान् कि ?
अन्त्यमा विशेष महाधिवेशनले पार्टी सभापतिमा गगन थापा र उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएर अन्य सबै पदाधिकारीहरूको चुनाव सम्पन्न भई केन्द्रीय कार्यसमितिको गठन सम्पन्न भयो । यस विशेष महाधिवेशनबाट निर्माण भएको पार्टीलाई निर्वाचन आयोगले वैध करार गर्यो । पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई मान्यता दिएन । पार्टी संगठनको सबैभन्दा उच्च निकाय महाधिवेशन हो, केन्द्रीय कार्य समिति महाधिवेशनले निर्माण गरेको निकाय हो निर्वाचन आयोगले यस्तो भनेर वैधता प्रदान गरेको हो । भनिन्छ करिब ६२ प्रतिशत पार्टीका नेता कार्यकर्ता उपस्थित भएका थिए । यस्तो यथेष्ट सदस्यहरू उपस्थित महाअधिवेशनले गरेको निर्णय सदर नभई बदर हुने त कुरै आउँदैन ।
तर पनि देउवा समूहले पार्टीको केन्द्रीय कार्यसमितिले २०८३ वैशाखमा नियमित महाधिवेशन गर्ने तालिका बनाई केन्द्रीय कार्यसमितिले प्रकाशित गरिसकेकोमा विशेष महाधिवेशन बोलाएर गरेको निर्णय बदरभागी हुन्छ भनेर अन्तरिम आदेश माग्दै सर्वोच्च पुगेकोमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेन । मुद्दा चाहिँ विचाराधीनमा छ । अहिले पूर्वसभापति शेरबहादुर देउवाको हालत मणि हराएको सर्पझैँ भइरहेको छ । अब उहाँले जस्तोसुकै महाभेला डाके पनि खोसिएको मणि फिर्ता पाउने छैनन् । उहाँले के गल्ती गर्नुभयो भने पहिला पार्टीबाट अलग हुने गरिसकेको निर्णयबाट पार्टीमा फर्केर जुन जालझेलको राजनीति गर्न थाल्नुभयो त्यसले उहाँको बचेखुचेको इज्जत पनि गयो पद पनि गयो । पद त त्यसै पनि जाने नै थियो तर इज्जतसाथ जानु र खोसिनुमा धेरै अन्तर हुन्छ ।
जे होस् जे भयो राम्रै भयो । यी दुई युवाशक्तिले आमचुनाव अगाडि नेपाली कांग्रेस पार्टीमा पुस्तान्तरण गराइछाडे । यो त्यसै सम्भव भएको होइन दुवै महामन्त्रीबीचको अटुट र अतुलनीय सहकार्य र अविच्छिन्न सहयोगले मात्र सम्भव भएको हो । यसमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको त्यागलाई बिर्सन सकिँदैन । समान स्तर, समान विचार र नेविसंघमा पनि विश्वप्रकाश शर्मा सभापति र गगन थापा उपसभापति थिए रे । तापनि उहाँको त्याग सुरुदेखि नै गगनलाई प्रधानमन्त्री बनाउने रटानमा लागिरहेका थिए जुन अभियान अहिले सफल पार्ने दिशामा अग्रसर भइसकेको छ । गगनकुमार थापा आउने चुनावमा प्रधानमन्त्रीको उम्मेदवार भई सर्लाही-४ बाट लड्दै छन् । अरू पार्टीहरूले पुस्तान्तरण गरेनन् कम्युनिष्ट एलाइन्सका केही पार्टीहरूले नेपाली कम्युनिष्ट पार्टी गठन गरी वैकल्पिक शक्तिको रूपमा चुनावी मैदानमा आएका छन् ।
त्यस्तै, २०७९ सालको आमचुनावबाट उदाएका पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी पनि वैकल्पिक शक्तिका रूपमा काठमाडौंका मेयर बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनेर या बनाइएर चुनावी मैदानमा उतारेका छन् । जेनजीको आन्दोलनले जुन रूपको राजनीतिक बदलाव खोजेका छन् त्यस अनुरूपको हुनसकेको छैन । न त चाहेअनुसार अरू दलहरूमा पनि पुस्तान्तरण भयो न जेनजीहरू नै पर्याप्त मात्रामा उमेरको हदका कारण उम्मेदवारी नै दिनसके । न अन्तरिम सरकारले शासनको प्रणलीगत विषयमा संविधानमा केही संशोधन गर्नसके । यस सन्दर्भमा अब हुने चुनावबाट मात्र केही आशा गर्न सकिने देखियो । कांग्रेसको चुनावी नाराअनुसार गगन र विश्वप्रकाशले कांग्रेस त बदले भने देश पनि बदलेर जनताको मुहार उज्यालो पार्न सक्लान् कि ?







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम