डोल्पा । डोल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
ग १ ज ८०९९ नम्बरको बोलेर जिप आज (बिहीबार) बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो । त्रिपुराकोट प्रहरी चौकीकाअनुसार दुर्घटनामा त्रिपुरासुन्दरी-३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको छ ।
जिउ गाउँकै अन्दाजी ३८ वर्षीय सुकलाल गुरूङ, त्रिपुरासुन्दरी-४ रंगकी ४५ वर्षीय रमा बोहोरा र चालक सल्यानको कुमाख गाउँपालिकाका २५ वर्षीय एलिस बुढाथोकी घाइते भएका छन् ।
त्रिपुराकोट प्रहरी चौकीकाअनुसार घाइतेहरुलाई थप उपचारको लागि जिल्ला अस्पताल दुनैमा पठाइएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच