काठमाडौं । हिमालय टाइम्स राष्ट्रिय दैनिकका उपसम्पादक तथा साहित्यकार विनोद दाहाल ‘बत्स’ लाई मातृशोक परेको छ । दाहालकी ममतामयी माता मोहनकुमारी दाहालको ९५ वर्षको उमेरमा बुधबार आफ्नै निवास काठमाडौं कपनमा निधन भएको हो ।
स्वर्गीय दाहालका श्रीमान् पण्डित चन्द्रलाल दाहालको यसअघि नै निधन भइसकेको थियो । पण्डित दाहाल ओखलढुंगाको विगुटार गाउँबाट स्नातक गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । स्वर्गीय मोहनकुमारीका विनोदसहित पीताम्बर र हरि तीन छोराहरू तथा मैया, हीरा र शारदा गरी तीन छोरीहरू हुनुहुन्छ ।
यसैगरी मोहनकुमारीकी बुहारी सुशीला घिमिरे हिमालय टाइम्सकै कृति समीक्षक हुनुहुन्छ । हिमालय टाइम्स दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै मातृवियोगमा शोकाकुल विनोदसहित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
यसैबीच, नेपाल पत्रकार महासंघ, हिमालय टाइम्स प्रतिष्ठान शाखा अध्यक्ष चूडामणि कोइरालाले विज्ञप्ति जारी गर्दै उपसम्पादक विनोद दाहाल ‘बत्स’का ममतामही माताको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै प्रेस युनियन हिमालय टाइस्सले पनि दुःख व्यक्त गरेको । उक्त शाखाले स्वर्गीय मोहनकुमारी दाहालप्रति दिवंगत आत्माको चिरशान्तिको कामना अर्पण गर्दै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ भनी विज्ञप्तिमा जनाइएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच