काठमाडौं । रिलायन्स इन्टरनेसनल एकेडेमी प्लस टु कलेज, चाबहिलमा तीनदिने विज्ञान प्रदर्शनी आयोजना भइरहेको छ । काठमाडौं महानगरपालिका-०७, सरस्वतीनगरस्थित कलेज परिसरमा सञ्चालन भइरहेको उक्त प्रदर्शनीबाट करिब पाँच हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ । बुधबारदेखि सुरु भएको प्रदर्शनी आज (शुक्रबार)सम्म चल्नेछ ।
रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गत सञ्चालनमा रहेको यस शैक्षिक संस्थाले विद्यार्थीको प्रतिभा उजागर गर्दै उनीहरूलाई राष्ट्रका असल र सभ्य नागरिक बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै आएको कलेजले विज्ञान र सूचना प्रविधिप्रति विद्यार्थीको रुचि, खोज तथा अनुसन्धान क्षमताको विकास गर्ने लक्ष्यका साथ प्रदर्शनी भइरहेको प्राचार्य रविन्द्रजंग थापाले जानकारी दिनुभयो ।
प्रदर्शनीमा विज्ञान र सूचना प्रविधि (आईटी)सम्बन्धी गरी जम्मा ६१ वटा स्टल तथा प्रदर्शनी राखिएको छ । यसमा वैज्ञानिक खोज, आविष्कार-अन्वेषण, प्रयोगमा आधारित परियोजना, पुस्तक प्रदर्शनी, लेखकसँग साक्षात्कारलगायतका गतिविधि समावेश छन् । साथै अन्य विद्यालय तथा कलेजस्तरीय विज्ञान प्रदर्शनीसमेत समेटिएको छ ।
कार्यक्रमका आकर्षक पक्षका रूपमा विभिन्न पेन्टिङ, फेस पेन्टिङ, फुड स्टल, रोबोटिक्स, थ्रीडी प्रिन्टिङ, ड्रोन तथा अन्य नवप्रविधिसम्बन्धी स्टलहरू रहेको छन् । प्रदर्शनी अवधिभर क्विज तथा अन्तरक्रियात्मक गतिविधि सञ्चालन भएका छन् भने दोस्रो दिन ‘बिजनेस आइडिया पिचिङ’ कार्यक्रमसमेत आयोजना गरिएको छ ।
प्रदर्शनी त्रिभुवन विश्वविद्यालयका भौतिकशास्त्र तथा कस्मोलोजीका विशिष्ट वैज्ञानिक प्राडा.उदयराज खनालको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो । खोज-अनुसन्धान क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहको आयोजकले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच