काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, कम्पनीको सो अवधिका लागि एनएफआरएसबमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण पारित गरेको छ ।
त्यसैगरी स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको नियुक्ति र सञ्चालक दीपक नेपालको नियुक्तिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । साथै कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेस्टमेन्ट बैंकको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणसमेत अनुमोदन गरेको छ । कम्पनीको प्रस्तावित विषयउपर नियमनकारी निकायहरूले कुनै फेरबदल, संशोधन एवं परिमार्जनका लागि निर्देशन दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आव २०८१/८२ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।
कम्पनीका अध्यक्ष सुलभ अग्रवालको सभापतित्वमा भएको साधारणसभामा सञ्चालक समिति सदस्य प्रमिला केसी, सञ्चालक आशिष ढकाल, प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहाललगायतको उपस्थिति रहेको थियो ।







विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु