काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभर निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिनुभएको छ ।
सुनसरीमा कोशी प्रदेशको वस्तुस्थितिबारे जानकारी लिँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले निर्वाचनको माहोल उत्साहजनक रहेको र सुरक्षा निकाय तथा प्रशासनिक क्षेत्रको तयारी प्रशंसनीय रहेको बताउनु भयो । सुनसरी, मोरङ, सोलुखुम्बु र भोजपुर लगायतका जिल्लाको स्थलगत निरीक्षण र वस्तुस्थिति बुझेपछि उहाँले मंसिर २१ गते हुने मतदानको सम्पूर्ण तयारी करिव पूरा भएको उल्लेख गर्नुभयो ।
सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरुको रिपोर्टिङ र कार्य सम्पादनको मूल्यांकन गर्दै कार्कीले छोटो समयमा धेरै काम भएको बताउनु भयो । निर्वाचन आयोगले निर्वाचन घोषणा भएको भोलिपल्टदेखि नै निकै मेहनतका साथ काम अघि बढाएको र अब २१ गतेको मतदान मात्र बाँकी रहेको जस्तो देखिएको उहाँको भनाइ छ । जिल्ला जिल्लामा तयारीका क्रममा केही कठिनाइ भएपनि हालसम्मको प्रगति सन्तोषजनक रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो छोटो समय हो एकदमै छोटो समय छ हामी हुन त निर्वाचन आयोगले त घोषणा भएको दिन देखि नै काम सुरु गर्यो घोषणा भयो भोलिपल्ट देखि स्टार्ट गर्यो काम गर्न त्यहाँ एकदमै मेहेनत गरेर चाहिँ उहाँहरुले काम गर्नुभएको छ तर अब सबै कुरो त जिल्ला जिल्लामा हुन त गाह्रो छ नि तर एकदमसँगले तपाईहरुको अनुसार चाहिँ अहिले जति पनि गरिरहनुभएको छ एक प्रकारले भन्ने कुरो के के देखिरहेको छ भनेदेखि सबै कुरो भइसक्यो अब २१ गते भोट कास्टिङ मात्रै हुने अवस्था अब त्यो बाँकी रह्यो। त्यसैकारण त्यो लास्टमा केही हुने हो कि भन्ने हामीले सतर्क त हुनै पर्यो त्यतिबेला हुनुपर्यो। अब हामी आज दुई ठाउँ गयौँ एउटा सल्लेरीमा गयौँ त्यहाँ पनि हामी डेढ दुई घण्टा बस्यौँ त्यसपछि भोजपुरमा आयौँ। अब त्यो त अब कस्तो पनि बोर्डर एरिया नभएको ठाउँहरु ठ्याक्कै अब बोर्डर भन्नाले त सँग जोडिएको छैन भारतको त्यसो भएको हुनाले त्यहाँ चाहिँ उहाँहरुको कुरा सुन्दाखेरि एकदम शान्त नै होला जस्तो अहिले प्रितनाथपति ज्यूले जुन चार पाँच वटा प्रब्लमहरु देखाउनुभयो नि त्यो पोलिटिकल भनौँ कि नन पोलिटिकल ग्रुपहरुको कतिपय ग्रुपहरु छ नि जो जसले चाहिँ निर्वाचनमा जान्न भाग लिन्न भन्ने अथवा देखि अब एउटा त दुर्गा प्रसाईं जी पनि पूर्व मेची देखि पश्चिम महाकाली सम्म आन्दोलन गर्छु भन्दै हुनुहुन्छ अरु अरु पनि नाम यहाँ मैले टिप्न भ्याइन उहाँले देखाउनुभएको थियो अब यस्तो यस्तो ग्रुपहरु त छ हैन त्यो तिनीहरुले डिस्टर्ब गर्छन् कि भन्ने एउटा प्रब्लम छ समस्या त छ तर तयारी तपाईहरुको तयारी चाहिँ प्रशंसनीय छ जहाँसम्म। अब सबै १०० को १०० त हामी वास्तवमा मानवले कहिल्यै गर्नै सक्दैन १०० को १०० चाहिँ मान्छेले काम पूरा गर्न त्यो सक्दैन कि भगवानले सक्ला मान्छेले त सक्दैन। केही न केही त्रुटिहरु त देखा पर्छ अब सक्दो गर्ने हो। हाम्रो यहाँको समस्या भनेको एउटा बोर्डर हो। बोर्डरमा त कुरा गरिरहनुभएको रहेछ उनीहरुको इलेक्सनमा साथ दिएको हुनाले उनीहरुले पनि हामीलाई साथ देलान् भन्ने हामीलाई लागेकै छ। त्यहाँबाट कन्ट्रोल भयो भने धेरै कुराहरु चाहिँ कन्ट्रोल हुन्छ। अनि जस किसिमबाट एउटा गस्ती गर्ने गरेको छ एकीकृत रुपबाट यो जेन्जीको मुभमेन्ट पछि नै जस्तो अहिले प्रितनाथपति ज्यूले भन्नुभयो सुरक्षाको चाहिँ एउटा ग्रुपवाइज चलाइरहेको छ त्यहाँ देखि नै। त्यसले पनि केही न केही साथ दिन्छ नदिने होइन त्यसले साथ दिन्छ हैन तैपनि अब अब एउटा अर्को शंका चाहिँ के हुन्छ भन्दाखेरि उम्मेदवारहरुको बीचमा हार्ने जित्नेको जुन टक्कर हुन्छ नि त्यसले चाहिँ केही अलिकति चाहिँ उ ल्याउँछ कि एकले अर्कालाई हराउने अब हामी त ओपन गर्दिने हो गेम हामी गेम ओपन हुन्छ कन्टेस्टेन्ट त उनीहरु हुन्। अब यस बीचमा एउटाले हार्ने एउटाले जित्ने हुँदा त्यो किसिमको वातावरण आउने हो कि भन्ने एउटा त्यसलाई पनि अब नियन्त्रण त अब गर्नै पर्यो। त्यसको लागि चाहिँ हुन्छ अलिकति फर्जी मत छ त्यता उता केही यता उता होला कि भन्ने सम्मको कुरा हो। त्यो पनि कोसिस गर्यो भने पहिले जस्तो पनि छैन तर अहिले यसो हेर्दाखेरि एकदमै पिन ड्रप साइलेन्स देख्छु के जहाँ जाँदा पनि कहीँ केही छैन। नारा जुलुस छैन केही छैन कसैले कसैलाई गाली गलौज गरेको पनि त्यति छैन त्यस्तो केही देखिँदैन।’
सोलुखुम्बुको सल्लेरी र भोजपुरको स्थलगत भ्रमणको चर्चा गर्दै कार्कीले ती क्षेत्रहरु भारतीय सीमासँग नजोडिएकाले सुरक्षाका दृष्टिले तुलनात्मक रुपमा शान्त रहेको बताउनु भयो । सुरक्षा निकायले एकीकृत रुपमा गरिरहेको गस्ती र मुभमेन्टले सुरक्षा प्रत्याभुतिमा मद्दत पुर्याएको उहाँको विश्लेषण छ । यद्यपि उम्मेदवारहरु बीचको हारजितको टक्करले उत्पन्न हुनसक्ने विवाद र फर्जी मत रोक्न विशेष शतर्कता अपनाउनुपर्नेमा उनले जोड दिनुभयो । निर्वाचनमा भाग नलिने समूह र दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन जस्ता पक्षहरुले केही व्यवधान सिर्जना गर्न सक्नेतर्फ संकेत गर्दै कार्कीले सुरक्षा व्यवस्थालाई कडा बनाउनुपर्ने बताइन् । सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकको सहयोग र आपसी समन्वयले सुरक्षा नियन्त्रणमा सहज हुने उनको विश्वास छ । विगतका चुनावको तुलनामा अहिले ‘पिन ड्रप साइलेन्स’ र मर्यादित प्रचारप्रसार देखिनु सकारात्मक पक्ष भएको उहाँले औंल्याउनु भयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच